Shittalpati
एकै दिन देशभर एक हजार ६२ संक्रमित निको

शर्मिला थापा मगर
पाल्पा । देशभर एकै दिन एक हजार ६२ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६२ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनका अनुसार योसँगै कुल निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा ४ सय ४६ महिला र १ हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । देशभरमा १५ हजार ७ सय ७९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ सय ७६ कोरोना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५ सय ५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जना छन् । यस्तै सिराहाका १ सय ६२ जना, मोरङका १११, मकवानपुरका ८७, चितवनका ३७, बाँकेका २७, रौतहट र दाङका २६/२६ जना, सप्तरीका २४, सुर्खेतका २३, नवलपुरका २१, सुनसरीका १७, पाल्पाका १६, स्याङ्जाका १४, कैलाली र डोटीका ११/११ जना तथा महोत्तरी र तनहुँ ९/९ जनामा संक्रमण पुष्टि भएको छ । काभ्रे, कञ्चनपुर र बैतडीका ८/८ जना, कास्कीका ७ जना, झापा र धनुषाका ६/६ जना, दोलखा र गोरखाका ५/५ जना, सर्लाही, धादिङ र लमजुङका ४/४ जना, बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी र दार्चुलाका ३/३ जना, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दियाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update