Shittalpati
२५ सयमा पिसिआर परीक्षण

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबारदेखि २ हजार ५ सय रुपैयाँमा कोरोना परीक्षण हुने भएको छ । अस्पतालले दैनिक परीक्षण संख्या बढाइ दैनिक ४ सयदेखि ५ सयको पिसिआर परीक्षण गर्ने जनाएको छ । अस्पतालले यसअघि परीक्षण शुल्क चार हजार ४ सय लिँदै आएको थियो । अस्पताल विकास समितिको बैठकले हालसम्म लिइँदै आएको शुल्कलाई परिमार्जन गरेको समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाका लागि निःशुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिने अस्पतालका मेसु राजेन्द्र खनालले बताए । यसअघि अस्पतालले पहिलो पटक ५ हजार ५ रुपैयाँमा परीक्षण भएको थियो भने पछिल्लो समय ४ हजार ४ सय रहेको छ । गत असार २१ गतेदेखि कोरोना परीक्षण शुरु गरेको प्रादेशिक अस्पतालमा हालसम्म १२ हजार ९ सय ७५ जनाको पिसीआर परीक्षण गरेको थियो । अस्पतालले शुल्क घटाउनुका साथै अब परीक्षणको दायरासमेत बढाउने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update