Shittalpati
दिल खोलेर हासौं

खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् । रक्तसञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्ने गर्छ । जुन शरीरलाई स्वस्थ राख्नमा सहयोग पुग्दछ । हँसमुख रहनुले केवल मानिसको स्वभावलाई मात्र दर्शाउँदैन यसले सकारात्मक व्यक्तित्व समेत प्रदर्शित गर्दछ । तर मानिस खुलेर हास्नै सक्दैन । पछिल्लो समय धेरैजसो मानिसहरु तनावग्रस्त जीवन जिउने गर्दछन् । जसका कारण मानिस खुलेर हाँस्न सकेको देखिदैन । यसले शारिरीक रुपमा समेत कजोर बनाउदै लैजान्छ । मानिसलाई तनावबाट टाढा राखी स्वस्थ राख्न हरेक वर्ष मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउने गरिन्छ । सोही अनुसार आजविश्वभर यो दिवस मनाइँदै छ । अहिलेको अवस्थामा हाँसो दिवसको सान्दर्भिकता बढेर गएको छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्‍याउन्छ । मानसिक तनाव, रिस, घमण्ड, भोक, पीर तथा चिन्ता कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । यदि मुस्कुराउँदा अनुहारका जम्मा १३ वटा मात्र मांसपेशी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेशी उपयोग हुन्छन् । हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्दछ, धेरै मांसपेशी प्रयोग हुन्छन्, धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानि–नोक्सानी पुर्‍याउँछ तर त्यही मुस्कानले सफलता र सुख दिन्छ । जीवनमा सफलता र सुख मिल्यो भने मात्र स्वास्थ्य जीवन जिउन सकिन्छ । यसर्थ स्वस्थ रहन सधैँ दिल खोलेर हासौं ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update