Shittalpati
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् ।
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री जिल्लामा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण जिल्लामा समुदायस्तरका थप दुई जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिकामा ४, रिब्दीकोट गाउँपालिकाका १ जना र रैनादेवी छहरा गाउँपालिकामा २ का १ जनामा संक्रमण देखिएको हो ।
संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु
संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमणबाट दैनिक जसो मृत्यु हुने गरेको छ । बिहीबार पनि बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोराना विजेतालाई पुष्पगुच्छा
कोराना विजेतालाई पुष्पगुच्छा समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा–३, पीपलडाँडाका ३० वर्षिय युवामा संक्रमण देखिएको हो ।
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३÷३ जनाको मृत्यु भएको जानकारी दिए
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले विश्वभर फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै सञ्चालन गरिरहेको अभियानलाई निरन्तरता दिएको छ । क्लवले अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, व्यवसायी, मजदुरहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरणहरु गर्दै अभियानलाई निरन्तरता दिदै आएको हो ।
कोरोनाबाट महिलाको मृत्यु
कोरोनाबाट महिलाको मृत्यु कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै विश्वभर फैलिएको कोरोना भाइरस कोभिड –१९ का कारण नेपालमा संक्रमितको संख्या ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । दैनिक रुपमा देखिएका संक्रमितको आधा भन्दा बढी संक्रमितहरु निको भइ घर फर्किएका छन् ।
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश पाँचको समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो ।
Weather Update