Shittalpati
२४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । बुधबार पनि पछिल्लो २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट एक हजार ६८ जना डिस्चार्ज भएको बताएका हुन् । योसँगै अहिलेसम्म ४१ हजार ७ सय ६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । बुधबार थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । २४ घन्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् । ८ जनाको मृत्यु भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८ सय २० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update