Shittalpati
कपिलवस्तुकी कोरोना संक्रमितको मृत्यु

रुपन्देही । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो ।

सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना संक्रमितको उपचार भइरहेको बताइएको छ । –रासस

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update