सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड
शुक्रबार, साउन २६, २०८०
गुल्मी काँग्रेस सभापतिको बादर आतंक रोक्ने प्रस्ताव बन्यो ‘हट केक’
शुक्रबार, साउन २६, २०८०
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बैंठक हलमा प्रस्ताव गरेको एउटा एजेण्डा सुन्नासाथ केन्द्र, प्रदेश र जिल्लाका सयौं नेताहरुले तालि बजाए । बैंठक हलमा गाई गुई भयो, तर सहभागी सबैका अनुहारमा खुसी छायो । सबैले भने ‘काँग्रेस बल्ल जनताका आवाज बोल्दै छ ।’
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’
शुक्रबार, साउन २६, २०८०
स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।
ग्लोबल आईएमई बैंकको भुक्तानी भ्वाइस मेसेजबाट
शुक्रबार, साउन २६, २०८०
ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।
डेंगीबाट आठ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।
तानसेन–रिडी सडक खण्ड २५ दिनका लागि बन्द रहने
बिहीबार, साउन २५, २०८०
पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो ।
छापिएको दुई लाख अनुमतिपत्र लिन आएन् सेवाग्राही
बिहीबार, साउन २५, २०८०
नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
काँग्रेस पाल्पाले सुरु गर्यो विशेष आन्तरिक अभियान
बिहीबार, साउन २५, २०८०
नेपाली काँग्रेस पाल्पाले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जिल्लामा पनि विहीबारदेखि १० दिने विशेष आन्तरिक अभियान सुरु गरिएको हो ।
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ
बिहीबार, साउन २५, २०८०
नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन ।
विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।
तानसेनमा सहज बन्दै खानेपानी
बिहीबार, साउन २५, २०८०
पछिल्लो केही दिन यता तानसेनमा खानेपानी सहज बन्दै गएको छ । एक महिना अघिदेखि तदर्थ समितिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्न थालेसँगै तानसेनको खानेपानी वितरण सहज बन्दै गएको हो ।
आदिवासी दिवस र जनजाति आन्दोलन
बिहीबार, साउन २५, २०८०
नेपाल सहित विश्वभर आदिवासी दिवस मनाइएको छ । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यो हरेक वर्षको अगष्ट ९ मा मनाउने गरिन्छ ।
डुबेर दाजु–भाइको मृत्यु
बुधबार, साउन २४, २०८०
पोखरीमा डुबेर एकै घरका दाजुु–भाइको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको हो ।


