गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
आइतबार, साउन २८, २०८०
वर्षा भइरहेको छ, सतर्क रहौं
आइतबार, साउन २८, २०८०
केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुुई दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
शनिबार, साउन २७, २०८०
अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा...
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
शनिबार, साउन २७, २०८०
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाका क्रियाशिल पत्रकार देव पचभैया सम्मानित भएका छन् ।
अझै केही दिन वर्षा हुने
शनिबार, साउन २७, २०८०
वर्षा अझै दिनसम्म रहने जनाइएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेकाले आगामी सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
शनिबार, साउन २७, २०८०
स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका...
औपचारिकतामै सिमिति नहोस् युवा दिवस
शनिबार, साउन २७, २०८०
अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । राष्ट्र संघकै घोषणा अनुसार हरेक वर्षको १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
शनिबार, साउन २७, २०८०
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
बन्धक बन्यो संसद्, अझै हटेन अवरोध
शनिबार, साउन २७, २०८०
लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले शुक्रबार पनि संघीय संसद्का दुवै सदनका बैठक अवरोध गर्यो। एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री
शुक्रबार, साउन २६, २०८०
लायन्स क्लव अफ पाल्पा विपनाले तानसेनस्थित बालमन्दिर प्राविका बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा गर्ने उद्देश्य २०१९ जुलाई १४ मा स्थापना भएको क्लवले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको हो ।
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ
शुक्रबार, साउन २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्कालाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको हो ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
शुक्रबार, साउन २६, २०८०
आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड
शुक्रबार, साउन २६, २०८०
सहकारी तथा वित्तिय संस्थाका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला सहकारी संघ पाल्पाले तानसेनमा जिल्ला भित्रका प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापकहरुलाई संस्थाको सुशासन र सही व्यवस्थापनका लागि सञ्चालन गरेको अभिमूखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।


