‘सन्तोष चलचित्र मन्दिरमा आरामदायी र सुविधायुक्त हलको व्यवस्था गरेका छौं’
सोमबार, जेठ १४, २०८१
बजेटः परम्परागत हैन, जनमुखी ल्याऊ
सोमबार, जेठ १४, २०८१
देशमा कुनै उथलपुथल आएन भने जेठ १५ अर्थात् भोली सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै छ । बजेटको मिति नजिकिँदै गर्दा बजेटमा कुन–कुन विषय समेट्ने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित छ भने कस्तो बजेट आउला भन्ने जनचासो पनि उत्तिकै छ ।
फेरि कोरोनाप्रति सतर्क रहौं
सोमबार, जेठ १४, २०८१
केही समय शून्य जस्तै बनेको कोरोना महामारी फेरी देखा पर्न थालेको छ । शुक्रबार कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रमण देखिएको छ । यसले थप त्रास पैदा गराएको छ । यस अघि ठूलो संख्यामा मानवीय क्षति पुर्याउनुका साथै विश्वकै अर्थतन्त्र तहसनहस बनाएको कोरोनाले अहिले विभिन्न स्वरुप परिवर्तन गर्दै देखा...
कर्म अन्तै, सेवा जन्मथलो
आइतबार, जेठ १३, २०८१
जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् ।
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
आइतबार, जेठ १३, २०८१
पाल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकिय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक वर्ष अगाडि हाम्रै पहलमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागीता जनाएका हरेक सहभागीहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि सम्पदा र सम्पतिको अभिलेखीकरण्माा ढिलाइ गर्दा त्यस्ता...
संसद्को गरिमा कायम गर
आइतबार, जेठ १३, २०८१
सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन । एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ ।
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती
शनिबार, जेठ १२, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तिनाउ नदीमा डुबेर एकको मृत्यु
शनिबार, जेठ १२, २०८१
रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
शनिबार, जेठ १२, २०८१
तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
तानसेनमा मधुमेहका विरामीको आँखा जाँच
शनिबार, जेठ १२, २०८१
तानसेनमा मधुमेहका विरामीहरुको आँखा जाँच गरिएको छ । मधुमेहका विरामीहरुलाई केन्द्रविन्दु बनाएर नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनमा आँखा जाँच गरिएको हो ।


