Shittalpati
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती 

पाल्पा, नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

उनको अध्यक्षतामा  १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । अधिवेशनबाट एमाले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल(भोजराज) उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना जि.सी. चयन भएका छन् । 

यसैगरी जिल्ला कमिटी सदस्यमा दलिततर्फ  ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन भएका छन् । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् ।  यसैगरी खुला पालिकातर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच / पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।

अन्तिम समय सम्म अध्यक्ष पदका लागि ओम बहादुर घर्ति र रामजी पोखरेलले दावी नछोड्दा सर्बसम्मत नेतृत्वको लागि समय लम्विएको थियो । बर्तमान एमाले पाल्पाको नव निर्वाचित कमिटीमा सचिवमा पोखरेल र सहसचिवमा विश्वकर्मा पुनः दोहोरिएका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update