Shittalpati
‘म एउटा सडक’

विमला पाण्डे

   तम्घास ,गुल्मी      

परिचय छैन, समान्य छु देख्दा

मजाक बन्न सक्छु मेरो बारे लेख्दा ।।

 

कसैको घर म, कसैको नहर

कसैको न्यानो रवाख म कसैको भर ।।

 

म बाँधिएछु गरिबीको अंगाँलोमा

किनकी म कसैको आश्रय हुँ सड्गालोमा ।।

 

हिडेका पाइलाले भन्दा थकाइका

पाइलाले धेरै बुझ्छन् मलाई ।।

 

मनको वह पनि म सँग पोख्छन्

रोदनसँग एक्लोपन सुनाउनु कसलाई ।।

 

म एउटा बाटो कुनै अस्तित्व छैन ,

घर विहिनको लागि महल भन्दा कम छैन् ।।

 

प्रयोजनमा छैन मेरो महत्व खास

परिस्थितिले थाकेकाको  लागि म चम्किलो आश ।।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update