Shittalpati
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक  
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक   प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।
आज विवाह पञ्चमी
आज विवाह पञ्चमी त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । द्धत्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री  थापा 
निर्वाचनमा हार्न तयार छौं तर अर्को दललाई भोट हाल्न लगाउने गल्ती गर्दैनौं : महामन्त्री थापा  ,नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले  काँग्रेसका कार्यकर्तालाई अर्को दलको चिन्हमा भोट हाल्न लगाउने गल्ती  नगर्ने बताएका छन् ।
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो
चिसोबाट ३४ भूकम्पपीडितको ज्यान गयो जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित पीडितहरुले अहिले चिसो र झाडापखालाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । प्रभावितहरुका लागि अहिलेसम्म अस्थायी आवास निर्माण हुन नसक्दा खुला आकाशमै बस्न बाध्य भएका भूकम्पपीडितहरूले अहिले चिसोका कारण ज्यान गुमाउनुु परेको हो ।  
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
रेमिट्यान्स बढ्दैमा खुसी न हौं
रेमिट्यान्स बढ्दैमा खुसी न हौं रेमिट्यान्सको मुख्य स्रोत वैदेशिक रोजगार हो । विदेशमा पुगेका युवाले पठाएको उक्त रकमलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । आर्थिक परिदृश्यमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो समय महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रूपमा रहँदै आएको छ ।
Weather Update