Shittalpati
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

संगीता आचार्य

पाल्पा,  तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।

बुधबार साथीहरुसँगै पौडी खेल्न आएका बुटवल उपमहानगरपालिका –७ का २१ बर्षीय राजिव लामा पौडी खेल्ने क्रममा डुबेर  बेपत्ता भएका थिए । उनलाई खोज्ने क्रममा खोलामै डुुबेको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनीसँगै पौडी खेल्न गएका अन्य ३ जना भने सकुुल रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।   

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update