Shittalpati
महिनावारीमा विभेद नगर
महिनावारीमा विभेद नगर नेपाली समाजमा महिनावारीलाई ‘छुई हुनु’, ‘पर सर्नु’, ‘पाखा लाग्नु’, ‘पन्छिनु’, ‘बाहिर सर्नु भन्ने गरिन्छ । केही ठाउँहरुमा महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन  विभेद समेत सहनुुपरेको छ । संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
सरकारले गर्यो महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय
सरकारले गर्यो महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद प्रशासन समितिबाट पेश भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।
यसरी हुन्छ संस्थागत अनियमितता 
यसरी हुन्छ संस्थागत अनियमितता  गुल्मी, पाल्पा, रुपन्देही र आसपासमा चल्ने टिपर, जिप, बस र पिकअप गाडीका चालकले जिल्लामा बुझाउँन भन्दै महिनै पिच्छे केही रकम छुट्याउनु पर्ने बाध्यता रहेको खुल्न आएको छ ।
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ । हरेक डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ ।
पीडा सहेरै हिंसा लुकाउन बाध्यता छन् महिला
पीडा सहेरै हिंसा लुकाउन बाध्यता छन् महिला लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् ।
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन पाल्पा तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको एक साता भए पनि सनाखत अझै हुन सकेको छैन । मंसिर १४ गते विहीबार दिउँसो ३:३० बजेको चरचरेस्थित सिद्धार्थराजमार्गको छेउमा शव फेला परेको थियो ।
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको  छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट  एक थान  भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै सामान्यतः घाँस, दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।
गुल्मीमा सुन्तला उत्पादन घट्यो
गुल्मीमा सुन्तला उत्पादन घट्यो गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
Weather Update