Shittalpati
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’ चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई  धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 
पाल्पामा ३ सय ५१ एड्स संक्रमित
पाल्पामा ३ सय ५१ एड्स संक्रमित आज विश्व एड्स दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको एड्स दिवसको नारा ‘समुदायले नेतृत्व गरौं’ भन्ने तय गरिएको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १...
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् ।
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले सुरक्षाको माग गरेका छन् ।
रैथाने बाली जोगाउनै मुस्किल
रैथाने बाली जोगाउनै मुस्किल पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाका जीवन रायमाझी चार दशकअघि अनदी जातका धान खेती गरेको अहिले पनि सम्झिरहन्छन् । चार दशकअघिसम्म उनको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । खेतैभरि लहरै अनदीको धान फल्दा रायमाझीको मन फुरुंग हुन्थ्यो ।
रामपुरको भूपू सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै
रामपुरको भूपू सैनिक राईजिङ स्कुलले रजत महोत्सव मनाउँदै भुपु सैनिक राईजिङ ईङ्गलिस सेकेण्डरी स्कुल रामपुर पाल्पाले रजत महोत्सव मनाउने भएको छ । विद्यालयले २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा मंिसर १४ गतेदेखि रजत महोत्सव मनाउने भएको हो । 
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।
एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय 
एसक्यूसिको राष्ट्रिय सम्मेलनमा सेन्ट कपितानियोकी ढेंगा कथा लेखनमा तृतीय  एसक्यूसिको १७ औं राष्ट्रिय सम्मेलनमा  पाल्पाको सेन्ट कपितानियो स्कललकी छात्रा विनुमाया ढेगा कथा लेखन प्रतियोगितामा तृतीय भएकी छन् ।
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम 
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम  महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो । 
Weather Update