Shittalpati
सहकारी र राजनीति

विहान घामको झुल्को देखि साझ निद्राको आहल सम्म नेपाली भूमि र राजनीतिमा सहकारीका कुरा काट्ने काम भई नै रहेका छन् । राजनीति नै सहकारीको भूंमरीमा रुमल्लिएको आभाष हुन थालको छ । गृहमन्त्री अनि राजनेताहरु सहकारी अभियानका विषयमा आवश्यक पर्दा केही पनि वोलेनन् तर सहकारीबाट सबैको पालनपोषण भई रहेको रहेछ भन्ने कुरा अहिले आएर छताछुल्ल भएका छन् । आमसर्वसाधारणको दुःख संग वचत गरेको पैसामा रजाई गरेका रवि र जिवीराईका काला करतुतहरुले दिन प्रति दिन प्रमाण सहित व्यापकता पाएका छन् ।

हिजो आफुलाई अत्यान्त्यै इमानदार नेता र त्यो भन्दा पहिला स्वच्छक्षविको पत्रकार भन्दै हिड्ने अनि अरु मिडियालाई भट्टेश्राप गर्ने वर्तमान गृहमन्त्री रवि लामिछानेका अनियमितताले डाँडाकाँडा ढांकेका कारण अहिले आएर उनी अत्यान्तै धर्मसंकटको राजनीतिक यात्राबाट अगाडी बढी हरेका छन् । संसद र सडक अनि न्यायप्रशासन र गृहप्रशासन हुदै, प्रधानमन्त्री र सिंगो सरकार पनि अहिले उनीमाथिको आरोप आधारहीन हो भनेर भन्न सक्ने अवस्थामा देखिदैनन् । उद्यपि सरकारका प्रधानमन्त्री र उहाँका कानूनी सल्लाहकारले गृहमन्त्री रवि लामिछानेले कुनै पनि सहकारीबाट ऋण लिएको भन्ने पुष्टि नभएको लगत तहकीकातलाई प्रमाणित गर्ने प्रयास प्रमाण पेशगर्ने क्रम जारी छ । गृहमन्त्री सत्ताको आँडमा त्रिकोणात्मक शैलीबाट आफ्ना वचाउका लागि अहोरात्र खटिरहेका छन् भने, प्रचण्ड र ओलीको माया पिरती र कुटनैतिक चरित्रको भित्री पर्दामा रवि लगाएर केही नयाँदलका नेताहरुको लोकप्रियता बढ्न नदिने खेल हो कि, भन्ने चिन्ता र चासो पनि व्याप्त रुपमा देखा परेको छन् । समय अनुसार राजनैतिक वेईमानीका लागि एक आपसमा सबैदलहरु लागि परेको देखिन्छ । त्यस कारण यी र यस्ता समस्याहरुका विषयमा नेपाली राजनीति र सरकारका नीति तथा कार्यक्रममा समेत उठेका हरेक प्रश्नका उत्तरहरु जति सक्यों, त्यति छिटो खोज्नुको कुनै पनि अर्को विकल्प नभएको अवस्था प्रति सबै पक्ष गम्भीर हुनु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update