Shittalpati
स्नेह बढाउने परिवार दिवस

बुधबार अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको हो । सन् १९९५ देखि भने हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । वातावरण, सहरीकरण, हाम्रो संसार र विश्वव्यापी परिवारको गुणस्तर जीवन बनाउनु परिवार दिवसको मूल उद्देश्य हो ।

विश्वका विभिन्न मुलुकबीच परिवारिक विकास र सोचमा एकरूपता होस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकतामा वृद्धि होस् भन्ने विचारका साथ यो दिवस मनाउने गरेको पाइन्छ । विश्वका सबै राष्ट्रमा सामाजिक लाभका लागि परिवारको प्रयोग, परिवारको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू नवीकरण, परिवारले सामना गरिरहेका महत्वपूर्ण चुनौतिमा जानकारी र पारिवारिक विकासका लागि हो ।

विश्व परिवार दिवसले मानविय जीवनमा परिवारको विश्वव्यापी महत्वको मार्मिकरूपमा कार्य गर्छ । यसमा समृद्ध सांस्कृतिक परम्परा र बलियो पारिवारिक मूल्यमान्यता भएको देश नेपालमा अन्तर्राष्ट्रिय परिवार दिवसको विशेष महत्व छ । मुलुकमा जहाँ सांस्कृतिक मूल्य र परम्पराहरू पारिवारिक जीवनसँग गहिरोरूपमा गाँसिएका छन् । यस दिनको पालनाले विशेष अर्थ राख्छ । जसरी परिवारले कहिलेकाँही हामीलाई संकुचित पनि बनाउँछ, परिवार र समुदायमा मात्र सीमित नभइकन समग्र विश्वभरिका परिवार र मान्छेलाई नै विश्वबन्धुत्वको भावनाले हेर्न पनि यस दिनले सन्देश दिन्छ । विश्वका हरेक परिवारलाई समावेशीपनाको आवश्यकता छ, समावेशी भएर हरेक वर्ग, धार, जात, धर्म या सोचका सदस्यलाई बृहतरूपमा स्वीकार गर्न सक्नु आजको परिवारको आवश्यकता पनि हो । यसर्थ हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय परिवार दिवसले पारिवारिक स्नेह, मेलमिलाप र समावेशीपनलाई थप बलियो बनाएर लैजान सकोस् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update