Shittalpati
गाँउले  देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव

पाल्पा, गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमसख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँले देउरालीको कारण यो क्षेत्रमा पत्रकारिता मौलाएको बताए ।

पत्रिकाका अतिथी सम्पादक मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस स्वतन्त्रता सेनानी झपेन्द्र गहिरे,पत्रकार महासंघ पाल्पाका पुर्वअध्यक्ष भगवान भण्डारी,सम्मानित व्यक्तिहरु हरि भुसाल र नारायण अधिकारीले आ आफ्ना धारणा व्यक्त गरे ।

ग्रामिण विकास संघ पाल्पाका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, पत्रिकाका सम्पादक रामप्रसाद अर्यालको स्वागत र सह सम्पादक रामचन्द्र नेपालको संचालनमा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update