सरकारको बजेटको प्राथमिकता : कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन
सोमबार, जेठ १६, २०७९

पाल्पामा नापतौल यन्त्रहरू जाँचिने
सोमबार, जेठ १६, २०७९
जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय, बुटवलले जेठ १७ गतेदेखि २१ गतेसम्म नापतौल यन्त्रहरु नापजाँच गर्ने भएको हो ।

अब ६८ वर्षमै वृद्धभत्ता
आइतबार, जेठ १५, २०७९
अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत वृृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतबार २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध...

पेट्रोलियम कर घटाइँदै
आइतबार, जेठ १५, २०७९
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण चौतर्फिक विरोध हुन थालेपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा १० रुपैयाँ घटाउने सहमती गरेको छ । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा कर घटाइने सैद्धान्तिक सहमति भएको पछि अर्थ...

गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार
शनिबार, जेठ १४, २०७९
चैत २५ गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन भएको गुल्मी महोत्सवको बचत २१ लाख २७ हजार भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सवको बचत २१ लख २७ हजार ६ सय ९१ रहेको हो ।
संघले शुक्रबार पत्रकार सम्मेलन...

वालिङमा सिसी क्यामेरा जडान
शुक्रबार, जेठ १३, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग
बुधबार, जेठ ११, २०७९
सरकारले स्थानीय तहको निर्वाचनपछिका १० दिनमा मात्रै दुईपटक इन्धनमा मूल्य बढाएपछि विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् । उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध गर्दै आएका हुन् । मंगलबार १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय
बुधबार, जेठ ११, २०७९
स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए ।

आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, जेठ ९, २०७९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।

संस्थापक सेयर बेच्दै कुमारी बैंक
सोमबार, जेठ ९, २०७९
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको एक लाख २२ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उसले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार २ सय ८७ कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो...

शुक्रबार पनि सेयर कारोबार
शनिबार, जेठ ७, २०७९
आइतबारदेखि बिहीबारसम्म हुने सेयर बजार कारोबार शुक्रबार पनि भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो ।

एकैपटक १० रुपैयाँले बढ्यो इन्धनको मूल्य
बुधबार, जेठ ४, २०७९
नेपाल आयल निगमले इन्धनमा फेरी मूल्य वृद्धि गरेको छ । स्थानीय तहको चुनावको भोलिपल्ट उसले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १...

तीन इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति
मंगलबार, जेठ ३, २०७९
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।