Shittalpati
मंगलबार नेप्सेमा सामान्य सुधार

पाल्पा, मंगलबार नेप्सेमा सामान्य सुधार भएको छ । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि परिसूचक नेप्से भने सामान्य अंकले सुधार आएको हो । कुल १ सय ४ कम्पनीको मूल्य घट्दा ७१ को मात्रै बढ्यो भने ११ को स्थिर रह्यो । नेप्से परिसूचक भने १.८५ अंक बढेर २०५४.९८ अंकमा कायम भयो । औसतमा उच्च पुँजीकृत कम्पनीको मूल्य बढेकाले धेरैजसो कम्पनीको मूल्य घटे पनि परिसूचक भने बढेको हो । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ ।

आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, मंगलबार भने कारोबार रकम झनै घटेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।

बैंकिङ ४.९, जीवन बीमा ८, उत्पादन २९, ब्यापार १०, अन्य उपसमूह ०.५ अंक बढे । लघुवित्त ११, निर्जीवन बीमा ५, होटल तथा पर्यटन ३७, फाइनान्स ६ र विकास बैंक उपसमूह १४ अंक घटे । तीन जलविद्युत कम्पनीहरु रुरु, मन्दाकिनी र अपर हेवाखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, रिडी, अपी, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे । यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ६.८८ प्रतिशतले गिरावट भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ५.५७ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा समालिङ पावर कम्पनीको सेयर मूल्य ३.९३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update