Shittalpati
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय  साक्षरता

पाल्पा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाका प्रबन्धक उप्रेन्द्र बस्यालले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । देश विकासका लागि बैंकको प्रमुख भूमिका हुने भएकाले थोपा थोपा गरेर बचत गर्नुपर्ने, बचत रकम बैकमा जम्मा गर्नुपर्ने प्रशिक्षक बस्यालले बताए ।

समयमै बैंकले विद्यार्थीलाई वित्तीय जानकारी दिएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ । विद्यालय उमेरदेखि नै बालबालिकालाई वित्तीय ज्ञान, सीप अर्थात् वित्तीय साक्षरता/शिक्षा आवश्यक रहेकाले विद्यार्थीहरुमा वित्तीय जागरण गराउने उद्देश्यले बैंकले जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । घरमा वित्तीय विषयका बारेमा छलफल नहुने र विद्यालयमा समेत वित्तीय ज्ञान,सीपका बारेमा नपढाइने भएकाले विद्यार्थीहरुमा वित्तीय साक्षरता आवश्यक रहेकाले विद्यालयहरुमा जानकारी गराउने गरिएको बैंकले जनाएको छ ।

राष्ट्रियस्तरको विकास बैंकको रुपमा रहेको बैंकले आफूलाई अब्बल बनाउँदै लगेको छ । बैंकले आर्थिक बर्ष २०८७/७९ मा अघिल्ला आर्थिक बर्षहरुमा भन्दा आफुलाई थप अब्बल बनाउदै लगेको छ । ८४ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको बैंकका लुम्बिनी प्रदेशमा मात्र ७१ वटा शाखा कार्यालयहरु रहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update