Shittalpati
नेप्से लाग्यो ओरालो

पाल्पा, सेयर बजारको परिसूचक नेप्से फेरी ओरालो लागेको छ । केही दिन अघि उकालो लागेको नेप्से फेरी ओरालो लाग्न थालेको हो । सेयर बजारको परिसूचक नेप्से सोमबार २०५३ अंकमा झरेको छ । कारोबार अवधिभर उतारचढावका बाबजुत अघिल्लो दिनको तुलनामा नेप्से ७.४१ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अंकले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सोमबार सामूहिक लगानी कोषको मात्रै झिनो अड्ढले उकालो लागेको छ । बैंकिङ एक दशमलव ४८, व्यापार शून्य दशमलव ९४, होटल तथा पर्यटन २९ दशमलव ५३, विकास बैंक २४ दशमलव शून्य पाँच, जलविद्युत् १६ दशमलव ८४, वित्त आठ दशमलव ५९, निर्जीवन बीमा ४७ दशमलव ३३, उत्पादन ३२ दशमलव २३, अन्य १० दशमलव १६, लघुवित्त १५ दशमलव ३३, जीवन बीमा दुई दशमलव ९५, लगानी शून्य दशमलव २९ अड्ढले ओरालो लागेको छ ।

यस्तै सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन अड्ढले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ४१ अर्ब ९७ करोड ४३ लाख ३५ हजार चार सय आठ बराबर कायम भएको छ । नेप्सेका अनुसार हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको २८ करोड १८ लाख ७१ हजार तीन सय २६ बराबरको कारोबार भई शीर्ष स्थानमा रÞयो । यस्तै रिडी हाइड्रोपावर कम्पनी आठ करोड ५० लाख ३५ हजार छ सय ९६, प्राइम बैंक रु आठ करोड ४० लाख नौ सय आठ, शिवम् सिमेन्ट रु पाँच करोड ५३ लाख २२ हजार सात सय ९५ र अपि पावर कम्पनी रु पाँच करोड ५२ लाख सात हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update