Shittalpati
टीभीएसको नयाँ वर्ष योजना : ‘वा, वाह्, वाहह्’
टीभीएसको नयाँ वर्ष योजना : ‘वा, वाह्, वाहह्’ यो योजनामा टीभीएसका मोटसाइकल वा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्मको पक्का छुट र शून्य ब्याज भएको वाह अफर रहेको कम्पनीले जनाएको छ । यो योजना अवधिभर एक जना भाग्यशाली ग्राहकले नयाँ टीभीएस अपाचे आरआर ३ सय १० उपहार पनि पाउने छन् ।
माछापुच्छ्रे बैंकको ‘स्मार्ट डलर कार्ड’
माछापुच्छ्रे बैंकको ‘स्मार्ट डलर कार्ड’ माछापुच्छ्रे बैंक लिमिटेडले ‘स्मार्ट डलर कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको हो । बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५ सय बराबरको कार्ड प्राप्त गर्न सक्नेछ ।
अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण
अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण  बुटवलका अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । कामना सेवा विकास बैंकले बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको २५ औं वार्षिक साधारणसभाका अवसरमा एसोसिएशन आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको हो । आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित बैंकले क्यूआर कोड वितरण गरेको जनाएको छ ।
कुमारी बैंकद्वारा सरसफाईसँगै डस्टविन वितरण
कुमारी बैंकद्वारा सरसफाईसँगै डस्टविन वितरण कुमारी बैंक लिमिटेडले तानसेन शाखाले तानसेनमा सरसफाईसँगै डस्टविन वितरण गरेको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईसँगै डस्टविन वितरण गरेको हो । बैंकले एक औपचारिक कार्यक्रमका बिच तानसेनको नारायणस्थान मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन वितरण गरेको छ । उक्त कार्यक्रममा बैंक पाल्पा शाखाका शाखा...
‘मुलुकको दिगो विकासका लागि सहकारी’
‘मुलुकको दिगो विकासका लागि सहकारी’ मन्त्री पौडेलले, भनिन्, ‘सहकारीको व्यवसायिक विकास नहुँदासम्म मूलुकको आर्थिक विकास सम्भव नहुने हुँदा सहकारी अभियानलाई प्रदेश सरकारले विशेष महत्वका साथ हेरी रहेको छ ।’ मन्त्री पौडेलले सहकारीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरिन् । ‘अर्थतन्त्र दु्रत गतिमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालनबाट नै देश समृद्ध...
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि छानेको हो ।
सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल
सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल सहकारी ऐन र नियमावलीले गरेको व्यवस्था अनुरुप विभिन्न कोषहरुको सही व्यवस्थापन र सहकारी प्रवद्र्धनकोष मार्फत सहकारी अभियानमा उल्लेख्य योगदान हुने बताउँदै यसलाई प्रभावकारी बनाएर लैजानुपर्ने मन्त्री पौडेले धारणा व्यक्त गरिन ।
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक बिच एकीकृत कारोबार सञ्चालनमा आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडसँग एकीकृत कारोबार सुरु गरेको हो ।
सामाजिक संघसंस्थाहरु पुगे सहयोग गर्न आश्रममा
सामाजिक संघसंस्थाहरु पुगे सहयोग गर्न आश्रममा जिल्लाको सत्यवती गाउँपालिका रूद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका कल्पवासीहरूलाई सहयोग विभिन्न संघसंस्थाहरू पुगेका छन् । गाउँपालिकाको अस्लेवा, रूद्रवेणीधाममा अवस्थित आश्रममा जिल्लामा क्रियाशिल नेपाल नेत्र ज्योति संघ, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र नेपाल औषधी व्यवसायी संघ जस्ता सामाजिक संस्थाहरु सहयोग लिएर आश्रममा पुगेका हुन् ।
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी एल.आई. सी नेपाल लिमिटेड नेपाल पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको ६ लाख ९० हजार ५ सय २० रुपैयाँ रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो । शाखाले तिनाउ गाउँपालिका वडा नंं ६ डुम्रेका महेन्द्र सिंह अस्लामी थापाको मृत्यु दावी भुक्तानी बापतको रकमको चेक...
यामाहा  ल्यायो  नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर
यामाहा ल्यायो नयाँ वर्ष योजना : बम्परमा २० लाख बढी नगद, शून्य प्रतिशत व्याजदर ,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ वर्ष योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी नयाँ वर्ष योजना ल्याएको हो ।
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह जिल्लामा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुलाई राती ८ बजेपछि बन्द गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैंठकले कोरोना महामारीलाई मध्यनजर गर्दै राती ८ बजेपछि होटल तथा रेष्टुरेट बन्द गर्न आग्रह गरेको हो ।
Weather Update