अप्पर सोलुको खुल्यो आईपीओ
मंगलबार, असार २१, २०७९
महँगीको मारमा विद्यार्थी
सोमबार, असार २०, २०७९
पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाकल्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरु बढी मारमा परेका हुन् ।
नेप्से परिसूचक ५७ अंकले बढ्यो
सोमबार, असार २०, २०७९
आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । परिसूचक बढेसँगै नेप्से २०८६ अंकमा पुगेको हो । नेप्से परिसूचक बढेपछि कारोबारमा समेत वृद्धि भएको छ ।
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना
आइतबार, असार १९, २०७९
समृद्धि फाइनान्सले पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
शनिबार, असार १८, २०७९
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा
शनिबार, असार १८, २०७९
ग्लोबल आइएमई बैंक लिमिटेडले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंंकले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो ।
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
शुक्रबार, असार १७, २०७९
पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
बिहीबार, असार १६, २०७९
महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
बिहीबार, असार १६, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी
बुधबार, असार १५, २०७९
बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
मंगलबार, असार १४, २०७९
नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।
सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ जान कति ?
सोमबार, असार १३, २०७९
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । नेपाल आयल निगमले शनिवार डिजल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडादर घटाएको हो ।
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख
सोमबार, असार १३, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको छ । नगर सरकारले संस्थागत, सामाजिक, आर्थिक र भौतिक पूर्वधार विकासमा केन्द्रीत गर्दै बजेट ल्याएको हो ।


