ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला
शनिबार, साउन २१, २०७९
ज्ञानेन्द्र अटो वक्र्सको व्यवसायिक फड्को : वक्र्स, मोटरसाइकल,स्कुटरदेखि जेसीबीसम्म
शुक्रबार, साउन २०, २०७९
तानसेनको भिमसेनटोलमा अटो वक्र्स, मोटरसाईकल र स्कुटरको व्यवसायिक विक्री वितरण गर्दै आएको ज्ञानेन्द्र अटो वक्र्सले व्यवसायिक फड्को मारेको छ । तत्कालिन समयमा पाल्पा सहित लुम्बिनी अञ्चललाई केन्द्रीत गरी अटो वक्र्स सञ्चालन गरेको ज्ञानेन्द्र अटोले अहिले व्यवसायिक फड्को मारेको हो । विगत ३५ वर्ष अघि ज्ञानेन्द्र काजी शाक्यले अटो वक्र्सका रुपमा...
ग्लोबल बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम
शुक्रबार, साउन २०, २०७९
ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकले गत वर्ष आफ्नो १५ औं वार्षिक उत्सवका अवसरमा ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको थियो । सोही अनुरुप बैंकले उक्त कार्यक्रमलाई अगाडि बढाएको छ ।
जेसीबीको आधिकारिक सेवा केन्द्र तानसेनमा
बिहीबार, साउन १९, २०७९
जेसीबीको आधिकारिक सेवा केन्द्र पाल्पाको तानसेनमा पनि सञ्चालनमा आएको छ । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विहीबारदेखि तानसेनको भिमसेन टोलमा आधिकारिक सेवा केन्द्र (अथराइज्ड रिटेल आउटलेट) सुरु गरेको हो ।
गौतमश्री सहकारीको सम्पत्ति रोक्का
बिहीबार, साउन १९, २०७९
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेका सम्पती रोक्का गरिएको छ । सहकारी विभागले उक्त सहकारीको देशका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ ।
कालीगण्डकी गाउँपालिकाका ५६ छोरीले पाए दुई लाख ८० हजार
बुधबार, साउन १८, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले कूल दुई लाख ८० हजार रुपैयाँ पाएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने उल्लेख गर्दै कार्यपालिका बैठकले जन्मिएका छोरीकै नाममा जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
नगरवासीलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता
बुधबार, साउन १८, २०७९
स्याङ्जाको भिरकोट नगरपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरवासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै नगरपालिकाले घरमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो । नगरकार्यपालिकाको यही यही असार १६ को पहिलो बैठकले घरमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
विपन्न कुमालको निःशुल्क उपचार
मंगलबार, साउन १७, २०७९
आर्थिक अभावका कारण उपचार नपाएका जिल्लाको इस्मा गाउँपालिका–२ छल्दीका ६४ वर्षीय टीके कुमालको गुल्मी अस्पतालले निःशुल्क उपचार गरिदिएको छ । रुखबाट लडेर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । तर आर्थिक अभावका कारण उनी बुटवल नगई घर फर्किएका थिए ।
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
सोमबार, साउन १६, २०७९
स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८ सय ९४ वटा कृषि तथा पशुपक्षी र स–सानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।
सवारी साधनबाट ७१ लाख ४२ हजार राजस्व
आइतबार, साउन १५, २०७९
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारवाही गरी उक्त राजस्व संकलन गरेको हो ।
दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति
शनिबार, साउन १४, २०७९
नेपालमा थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
एनसेलमा मोबाइल बैंकिङ निःशूल्क
शुक्रबार, साउन १३, २०७९
नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई एनसेनमा डाटा शुल्क नलाग्ने भएको छ । एनसेल आजियटा र बैंक बीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौतामा भएसँगै मोबाईल बैंकिङ निःशूल्क हुने भएको हो ।
बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर
बिहीबार, साउन १२, २०७९
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् ।


