Shittalpati
ग्लोबल आइएमई बैंकको तिज योजना

पाल्पा,विभिन्न संघ संस्थाहरुले चाडपर्व लक्षित गरेर आफ्ना ग्राहकहरुका लागि विभिन्न योजनाहरु ल्याउने गर्दछन् । उनीहरुले आफ्नो सेवातर्फ ग्राहकहरुको आकर्षण बढाउन योजनाहरु ल्याउने गर्दछन् ।

यसै बिच ग्लोबल आइएमई बैंकले पनि हरितालिका तिजको अवसरमा महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना ल्याएको छ । यस क्यास ब्याक योजना अन्तर्गत १३ र १४ भदौमा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप्सपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म), एक पटक क्यास ब्याक पाइने छ । बैंकले क्यास ब्याक योजनालाई तिज विशेष बनाउन महिलाहरुलाई ग्राÞयता दिने भएको हो । बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एप्सको प्रयोग गरी क्यूआर मार्फतको भुक्तानीमा क्यास ब्याक पाउने बताइएको छ । मोबाइल बैंकिङ एप्लिकेशन, क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यास ब्याक योजना ल्याएको दावी गरेका छ । बैंकले समय सापेक्ष विभिन्न योजना ल्याएर ग्राहकलाई लाभान्वित गराउँदै आएको जनाएको छ ।

यस्तै बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात समेत गरेको छ । केही दिन अघिदेखि बैंकले यो सेवाको सुरुवात गरेको हो । बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्ने छन् । बैंकमा नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंकमा पुग्नुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसी अझ प्रभावकारी हुनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ । मुलुकभर २ सय ८९ शाखा रहेको बैंकले २ सय ७० एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ८१ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update