Shittalpati
फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई

पाल्पा, सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड नेपालको एनसेल आजियाटा लिमिटेडले प्राप्त गरेको छ । एनसेलले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको हो । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई उक्त अवार्ड प्रदान गरेको छ । मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पिड स्कोरका आधारमा एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७/३१ एमबीपीएस र अपलोडमा ९/२६ एमबीपीएस गतिका साथ कुल १७/१६ स्पिड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निक्र्योल गरिएको हो । ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनी पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update