Shittalpati
‘गरिमा मालामाल मुद्दती योजना’

पाल्पा, गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको हो । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र १ सय १६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्दती योजना ल्याएको जनाएको छ ।

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको र ग्राहकले कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा यो योजना प्रभावकारी बन्न सक्ने बैंकको भनाइ छ । यस्तै बैंकले यस अघि गरिमा स्मार्ट मोबाइल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको थियो । डिजी बटुवाले ग्राहकलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउँछ । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नवीनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको बैंकले जनाएको छ । गरिमा डिजी बटुवा डिजिटल बैंकिको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ सेवाको प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ ।

यस्तै बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवा प्रदायकको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्ने छन् । गरिमा विकास बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र प्राप्त विकास बैंक हो । २०६४ सालमा स्थापना भएको गरिमा विकास बैंकले देशभर १ सय २० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटीएममार्फत ग्राहकको सेवा गरिरहेको छ । गरिमा डिजी बटुवा एप स्टोर र प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update