Shittalpati
कुमारी बैंकको मुद्दती निक्षेपमा ‘डबल’

पाल्पा, के तपाई घरमै बसी धेरै कमाउन चाहनुहुन्छ ? के आफुसँग भएको सानो रकमबाट सुरक्षित तरिकाले धेरै रकम बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि कुमारी बैंकले ल्याएको छ आकर्षक निक्षेप मुद्दती योजना । बैंकले मुद्दती निक्षेप योजना अन्तर्गत डबल हुने धनवृद्धि मुद्दती योजना ल्याएको हो ।

मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिका लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्था तर्फ लक्षित छन् । निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरुले तोकिएको अवधि समाप्ति पछि आफ्नो सावाँ रकमको २ गुणा, ३ गुणा, ४ गुणादेखि १० गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्ने छन् । व्यक्तिगत निक्षेपकर्ताले आफ्नो सावाँ रकममा २ गुणा, ३ गुणा, ४ गुणादेखि १० गुणासम्म प्रतिफल क्रमशः ५ वर्ष ११ महिना, ९ वर्ष ७ महिना, १२ वर्ष, १४ वर्ष १ महिना १५ दिन, १५ वर्ष ८ महिना ५ दिन, १७ वर्ष ६ महिना ७ दिन, १८ वर्ष ८ महिना ८ दिन, १९ वर्ष ९ महिना ९ दिन र २ सय २० वर्ष ९ महिना ८ दिनको अवधिमा प्राप्त गर्ने पाल्पा शाखाका शाखा प्रवन्धक अम्बिकाप्रसाद बस्यालले बताए । उनका अनुसार व्यक्तिगत रेमिट मुद्दती निक्षेपकर्ताले आफ्नो सावाँ रकममा २ गुणा, ३ गुणा, ४ गुणादेखि १० गुणा प्रतिफल क्रमशः ५ वर्ष ८ महिना, ९ वर्ष, ११ वर्ष ५ महिना ३ दिन, १३ वर्ष ३ महिना ३ दिन,१४ वर्ष ९ महिना २ दिन, १६ वर्ष, १७ वर्ष १ महिना, १८ वर्ष १ महिना, १८ वर्ष ११ महिनाको अवधिमा प्राप्त गर्नेछन् ।

यस्तै संस्थागत निक्षेपकर्ताले आफ्नो सावाँ रकममा २ गुणा, ३ गुणा, ४ गुणादेखि १० गुणा प्रतिफल क्रमशः ६ वर्ष ९ महिना, १० वर्ष ८ महिना, १३ वर्ष ६ महिना, १५ वर्ष ८ महिना, १७ वर्ष ६ महिना, १९ वर्ष, २० वर्ष ६ महिना १० दिन, २१ वर्ष ५ महिना र २२ वर्ष ६ महिना ५ दिनको अवधिमा प्राप्त गर्नेछन् । यो योजनाको व्यक्तिगत मुद्दतीमा २० लाख राखेका निक्षेप कर्ताले ५ वर्ष ११ महिनामा ४० लाख प्राप्त गर्ने छन्, भने २० वर्षपछि २ करोड प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्ने हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएको अवरोधको स्थितिमा केही सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । साथै बैंकले योजनाका विषयमा विस्तृत रुपमा बुझ्नका लागि नजिकैको कुमारी बैंकको शाखामा गएर बुझ्न सक्ने समेत जनाएको छ ।

बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड कुमारी बैंकले एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेसले बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्मानित गरेको छ । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो । आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै बैंक अगाडि बढेको छ । विगत २१ वर्षदेखि निरन्तर बैंकि· सेवा दिदँै आएको बैंकले आफ्ना देशभर रहेका १ सय ९८ शाखा सञ्जाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकि· इकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update