Shittalpati
आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी  
आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी   लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताएका हुन् ।  
नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै
नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन वीक’ कार्यक्रम मनाउने भएको छ । नबिल बैंकले नबिल दिगो बैंकिङको वार्षिकउत्सवमा ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो । २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको छाता संगठन पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशले नयाँ नेतृत्व चयन गरेको हो ।
बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने
बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा आज धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
निस्दीले गर्‍यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान
निस्दीले गर्‍यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुगी विवाह गर्ने महिलाई नगदसहित सम्मान गरेको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो ।
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय...
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । 
गुल्मीका पालिकामा १६ करोड बढी बजेट कटौती
गुल्मीका पालिकामा १६ करोड बढी बजेट कटौती गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदान अन्तर्गत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए ।
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघले त्रिवर्षीय कार्य योजनाका लागि स्थानीय तहमा पुगेर सुझाव माग गरेको छ । 
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ । 
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्दै
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गर्दै आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । 
Weather Update