एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
शनिबार, असोज २०, २०८०
माछापुच्छ्रे बैंक २४ वर्षमा, ल्यायो नयाँ योजना
शुक्रबार, असोज १९, २०८०
माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । बैकिङ्ग क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बैंकले २४ वर्षे यात्रा तय गरेको हो । बैंकले एक औपचारिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ ।
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै
मंगलबार, असोज १६, २०८०
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुन लागेको छ । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा महोत्सव हुन लागेको हो ।
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम
सोमबार, असोज १५, २०८०
सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ ।
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो
सोमबार, असोज १५, २०८०
१३ असोज २०८० मा पाल्पा प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गर्यो । त्यसमा भन्सार छली गरी ल्याइएका २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान रहेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
आइतबार, असोज १४, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।
पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन
आइतबार, असोज १४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।
प्रहरीद्वारा पाल्पामा अवैध सामान बरामद
आइतबार, असोज १४, २०८०
जिल्लाका विभिन्न ठाउँहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान बरामद गरेको हो ।
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन
आइतबार, असोज १४, २०८०
रेसुङ्गा विमान स्थलबाट उडान हुने गुल्मी–काठमाडौंको समय तालिका परिवर्तन गरिएको छ । गुल्मीबाट प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले उडान भर्दै आएकोमा अहिले विविध कारण देखाउँदै समय तालिका परिवर्तन गरेको हो ।
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर
शनिबार, असोज १३, २०८०
गुल्मीको मुसीकोट नगरपालिका–५ स्थित इन्द्रेगौंडा बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
पाल्पाको त्रिभूवन बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
शुक्रबार, असोज १२, २०८०
पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको शुरुवात गरेको हो ।
गैरे मोबाइलको सफलता : मोबाइल टार्गेटमा ‘भेस्पा स्कुटर’ पुरस्कार
शुक्रबार, असोज १२, २०८०
पाल्पाको तानसेनमा रहेर मोबाईल र ल्यापटपको विक्री वितरणसँगै मर्मत गर्दै आएको जिल्लाकै प्रतिष्ठित विक्रेता गैरे मोबाइल एण्ड ल्यापटप कियरले मोबाइल विक्रीमा सफलता हात पारेको छ । विगत ३५ वर्षदेखि तानसेनबाट सेवा दिदैं आएको गैरे मोबाइलले अनर मोबाइल विक्रीमा सफलता हासिल गरेको हो ।
चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
मंगलबार, असोज ९, २०८०
चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए ।


