सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो
बुधबार, असार ६, २०८०

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो
बुधबार, असार ६, २०८०
लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो ।

तानसेनमा उद्यमी बनाउने बेकरी तालिमको समापन
मंगलबार, असार ५, २०८०
तानसेनमा युवा–युवतीहरुलाई उद्यमीसँगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क बेकरी तालिमको समापन गरिएको छ । एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालि बुटवलको आयोजना, दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आर्थिक सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोग र शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि पाल्पाको समन्वयमा भएको...

एनसेलले ल्यायो आकर्षक योजना
मंगलबार, असार ५, २०८०
एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवालाई मध्यनजर गर्दै नयाँ तथा अकार्षक योजना ल्याएको छ । एनसेलले सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक सहितको योजना ल्याएको हो ।

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी
सोमबार, असार ४, २०८०
नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए ।

पेट्रोलियम पदार्थको आयात घट्यो
आइतबार, असार ३, २०८०
नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ ।

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
आइतबार, असार ३, २०८०
पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।

माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड
आइतबार, असार ३, २०८०
माछापुच्छ्रे बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । बैंकले भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित भएको हो ।

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट
शनिबार, असार २, २०८०
कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ)
शुक्रबार, असार १, २०८०
कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ ।

चौरासी पूजा गर्न आर्थिक सहयोग
शुक्रबार, असार १, २०८०
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।

उपभोक्ता ठगी गर्ने कारबाहीमा
बिहीबार, जेठ ३२, २०८०
अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ ।