Shittalpati
सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च

पाल्पा, नेपालमा बिहेको लगन सुरु भइरहँदा निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ । नेपाली बजारमा सुनको भाउले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला एक लाख १७ हजार सात सयले नयाँ रेकर्ड राखेको सुनको मूल्यले बुधबार १ लाख १९ हजार तीन सय पुगेर हालसम्मकै उच्च मूल्य कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार सात सय ५० कायम भएको छ । यो सुनको मूल्य इतिहासकै सबैभन्दा उच्च भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एक सय ५० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो । गत कार्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातार जसो सुनको मूल्यमा गिरावट आएको थियो । कार्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update