Shittalpati
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडका चार वटा नयाँ शाखा एकैसाथ विस्तार भएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।

यी नयाँ शाखाहरुबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ्ग सेवाहरु सुचारु गरिएको बैंकले जनाएको छ । यी सँगै बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । यसका मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको छ । निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । उसले तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदाताका रुपमा समेत उसलाई  सम्मान गरेको छ । व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य सन् २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update