Shittalpati
छोइनसक्नु तरकारी
छोइनसक्नु तरकारी तानसेनको बजारमा तीन महिना अघि ४०/५० रुपैयाँमा विक्री भएको गोलभेडाँ अहिले १ सय २० देखि १ सय ३० रुपैयाँमा विक्री भएको छ । सोही समयमा ८० देखि १ सय रुपैयाँमा विक्री भएको बोडी यति बेला १ सयदेखि १ सय २० सम्म विक्री भइरहेको छ । 
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात
गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई अवार्ड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । उसले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्ड  प्राप्त गरेको हो । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । 
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट  रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । 
नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी
नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ । नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत थियो । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने...
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो । 
कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर
कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर कोरियामा पाँच वर्ष बसेर काम गरी फर्केकाहरुलाई पुनः जाने अवसर दिइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि फेरी जान चाहेमा  पुनःभाषा परीक्षा दिएर जान सक्ने अवसर दिएको हो ।
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । 
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी
विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । 
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो
तानसेनका अधिकांस पसलमा ठूलो परिणाममा अखाद्य वस्तु भेटियो पाल्पाको सदरमुकाम तानसेनका किराना पसलमा अखाद्य वस्तु बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा ठूलो परिणाममा अखाद्य वस्तु बरामद गरिएको हो ।
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
Weather Update