Shittalpati
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।
बाराही हाइड्रोपावरको आइपिओ आउँदै
बाराही हाइड्रोपावरको आइपिओ आउँदै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् ।
बुटवलमा औद्योगिक प्रदर्शनी हुने
बुटवलमा औद्योगिक प्रदर्शनी हुने आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।
सात लघु बीमा कम्पनीले पाए लाइसेन्स
सात लघु बीमा कम्पनीले पाए लाइसेन्स लघुबिमा कम्पनीका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई र  उपाध्यक्षमा बज्राचार्य  निर्वाचित
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई र उपाध्यक्षमा बज्राचार्य निर्वाचित पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार तानसेनमा भएको मतदानबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी राजिव श्रेष्ठलाई ४ सय ४० मतअन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत
बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिकको समीक्षा गर्दै क्षेत्रगत कर्जा विस्तार गरिसक्नुपर्ने समयसीमामा बैंक तथा वित्तीय संस्थालाई केही सहज बनाइदिएको हो ।
आज पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन हुँदै, अध्यक्षमा भट्टराई र श्रेष्ठको प्रतिस्पर्धा
आज पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन हुँदै, अध्यक्षमा भट्टराई र श्रेष्ठको प्रतिस्पर्धा पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघको आज नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदान भगवती मन्दिरको प्रंगणमा हुनेछ । तीनवर्षे कार्यकालका लागि हुन लागेको संघको निर्वाचनमा अध्यक्ष पदका लागि अहिलेका महासचिव शैलेन्द्र भट्टराई र...
रानीमहल सहकारीले मनायो १४ औं साधारणसभा
रानीमहल सहकारीले मनायो १४ औं साधारणसभा रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा मनाएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गा थापाले उद्घाटन गरेका हुन् ।
बैंकहरुले निक्षेप बढाए
बैंकहरुले निक्षेप बढाए बजारमा तरलता अभाव कायमै रहेका बेला केही बैंकहरुले भने निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १४ वटा बैंकहरुले कार्तिक महिनामा निक्षेप रकम बढाएका हुन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकले असोजको तुलनामा कार्तिकमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघलाई चुनावी चटारो, अध्यक्षमा दुई जनाको उम्मेदवारी
पाल्पा उद्योग वाणिज्य संघलाई चुनावी चटारो, अध्यक्षमा दुई जनाको उम्मेदवारी पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघमा चुनावी चहलपहल सुरु भएको छ । तीनवर्षे कार्यकालका लागि मंसिर १२ गते हुने चुनावको चहलपहल सुरु भएको हो । संघको नेतृत्वका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा अहिलेका महासचिव शैलेन्द्र भट्टराई र कोषाध्यक्ष राजिव श्रेष्ठको उम्मेदवारी...
जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने
जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत लिन लागेको हो ।
Weather Update