Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पाल्पा, पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य शुक्रबार मध्य रातिदेखि लागू भएको निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ तोकेको छ । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५७ र तेस्रो वर्गका लागि एक सय ५८ कायम भएको छ । पहिलो वर्ग अन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायर रहेका छन् । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २२ पैसा र डिजेलमा २ रूपैयाँ ०६ पैसा घटेर आएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update