Shittalpati
सोमबार सुनको भाउ स्थिर

पाल्पा,  पछिल्लो केही दिन यता नेपाली बजारमा निरन्तर बढीरहेको  सुनको भाउ सोमबार भने स्थिर रहेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ स्थिर रहेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला ३५ प्रतिशतले बढिसकेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २५ दिनमा सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ बढिसकेको छ । फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ । प्रतितोला १ हजार ४७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजार रुपैयाँको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्मआएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै हालसम्मकै उच्च बनेको हो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update