सिटिजन्सका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट
शनिबार, साउन २०, २०८०

निरन्तर घटेको नेप्से बढ्यो
शुक्रबार, साउन १९, २०८०
मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से बुधबारदेखि भने बढेको छ । बुधबार घट्न रोकिएर सामान्य वृद्धि भएको नेप्से बिहिबार पनि बढेको हो ।

लक्ष्यअनुसार राजस्व उठेन
बिहीबार, साउन १८, २०८०
दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ ।

वनमारा मासेर डाँडैभरी अम्रिसो
बिहीबार, साउन १८, २०८०
बाह्र वर्ष अघि बन मारा, घगालु र काम नलाग्ने बुट्यानले झाडी रहेको ढोलीमाराको डाँडा अहिले अम्रिसोले हराभर भएको छ । कहीं कतै मात्र रुखबिरुवा छन् तर अम्रिसोले डाँडा पुरै हराभरा भएको छ । अम्रिसोले डाँडा मात्रै हराभरा भएको छैन, स्थानीयको आम्दानीको बलियो स्रोत पनि बनेको छ ।

महिलालाई क्रेडिट कार्ड निःशुल्क
बिहीबार, साउन १८, २०८०
महिलाले निःशूल्क रुपमा क्रेडिट कार्ड पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको हो । बैंकले श्रावण स्पेसल अफर अन्तर्गत यो सेवा दिन लागेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ...

पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो
बुधबार, साउन १७, २०८०
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

महसुल घटाएपछि उपभोक्तालाई राहत
बुधबार, साउन १७, २०८०
पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।

एक्काइस प्रतिशतले निकासी घट्यो
मंगलबार, साउन १६, २०८०
सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

विश्व बैंकले सहयोगलाई निरन्तरता दिने
मंगलबार, साउन १६, २०८०
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण
मंगलबार, साउन १६, २०८०
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ ।

नाट्टाको दोस्रो पदयात्रा तानसेनदेखि राम्दीसम्म
सोमबार, साउन १५, २०८०
जिल्लाका पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाले सञ्चालन गरेको नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी अभियान अन्तर्गतको दोस्रो दिन तानसेनदेखि राम्दीसम्मको पदयात्रा भएको छ ।

तीन सय २२ उद्योग दर्ता
शनिबार, साउन १३, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२ उद्योग दर्ता भएका हुन् ।

पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग
शुक्रबार, साउन १२, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिकाले पहिरो पीडित परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको छ । साउन ९ गते गाउँपालिकाको वडा नंं ८ फेक लुम्वासका कर्णबहादुर बम्रेलको टिनले छाएको गोठ पहिरोले बगाएको थियो । गोठ पहिरोले बगाउँदा लैनो भैसी, पाडी, दुई वटा गोरु पुरिएर मरेका थिए ।