Shittalpati
पाल्पा कारागारका महिला बन्दीलाई भाँडा वर्तन

तानसेन, पाल्पा कारागारमा रहेका महिला बन्दीहरुलाई भाँडा वर्तन सहयोग गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले कारागारका महिला बन्दीहरुलाई भान्सामा दैनिक रुपमा प्रयोग हुने भाँडा वर्तन सहयोग गरेको हो ।

कार्यालयले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विहीबार कारागारमै पुगी भान्सामा प्रयोग हुने कुकर, प्लेट, बाँटा, बाल्टीन, गिलास जस्ता भाँडा हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्र चन्द, डिभिजन प्रमुख मित्र प्रसाद गौतम लगायतले महिला बन्दीहरुलाई संयुक्त रुपमा भाँडा हस्तान्तरण गरेका हुन । भाँडा हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी काफ्लले डिभिजन कार्यालयले नारी दिवसको अवसर पारेर बन्दीहरुलाई भाँडा सहयोग गरेर प्रशंसनिय कार्य गरेकोमा खुुसी गरे । डिभिजन कार्यालय प्रमुख गौतमले कारागारमा महिलाहरुका लागि भाँडाकुँडाहरुको अभाव रहेको भन्ने जानकारी पाएपछि थोरै भए पनि सहयोग गरौंन भन्ने लागेपछि नारी दिवसको अवसर पारेर भाँडा सहयोग गरिएको बताए । उनले हरेक वर्ष दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलाहरुलाई सहयोग गरिदै आएको बताए ।  

कार्यक्रममा निमित्त कारागार प्रमुख हरिप्रसाद पन्थी, कारागार सुरक्षा प्रमुख मित्रलाल मरासिनी, कारागारकी शिक्षिका सीता खानालले डिभिजन कार्यालयले महिला बन्दीहरुप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै कार्यालयलाई धन्यवाद दिए । डिभिजन कार्यालयले कारागारमा रहेका १९ जना महिला बन्दीलाई भाँडा वर्तन दिएको हो । भाँडा अभाव भएका बेला कारागारमै आएर भाँडा दिएकोमा  महिला चौकीदार हिमाल कुमालले समेत खुसी व्यक्त गरिन् । डिभिजन कार्यालयले विगतमा पनि दिवसको अवसर पारेर जिल्लाका  विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएको  छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update