Shittalpati
ग्लोबल बैंकको सहुलियत ब्याजदरमा घर कर्जा

पाल्पा, ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित निश्चित आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।

बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा उपलब्ध गराउने गरी  योजना ल्याइएको जनाएको छ । योजना अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाले सहज रूपमा कर्जा सार्न समेत सक्नेछन् । यो योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रूपैयाँसम्म घर कर्जा लिन पाउने छन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले आवश्यक कागजात पेस गरेको २ कार्य दिनभित्र कर्जा प्रवाह गर्नेछ । ग्राहकले देशैभरका सबै शाखाबाट यो सुविधा उपभोग गर्न सक्ने बताइएको छ । यो योजना सीमित अवधिका लागि रहने बैंकको भनाइ छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ । बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकि· सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । यसका मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको छ । यो निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update