Shittalpati
पहिलो दिन नै नेप्सेमा गिरावट

पाल्पा, सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अंकले गिरावट आएको हो । नेप्से ओरालो लागेसँगै दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।

सो अवधिमा ३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३५ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव २० मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ ।

सो कम्पनीको ४० करोड ९० लाख बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक १३ करोड ६५ लाख ६४ हजार एक सय ४०, जोशी हाइड्रोपावर रु १० करोड १४ लाख एक सय ९२, सगरमाथा जलविद्युत कम्पनी नौ करोड २७ लाख ९३ हजार पाँच सय ९८ र युनियन हाइड्रोपावर सात करोड ६१ लाख १८ हजार एक सय सात मूल्यमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त आठ दशमलव २२, युनियन हाइड्रोपावर छ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले छ दशमलव शून्य चार प्रतिशतले कमाएका छन् । त्यस्तै, सामलिङ पावर आठ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी छ दशमलव १५, पाँचथर पावर कम्पनी पाँच दशमलव ९१, बाराही हाइड्रोपावर पाँच दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले पाँच दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update