Shittalpati
नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीको साधारणसभा तथा अधिवेशन दाङमा शुरु

दाङ, नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको साधारणसभा तथा अधिवेशन दाङमा शुरु भएको छ । महासंघको दोस्रो साधारणसभा तथा अधिवेशन शनिबारदेखि सुुरु भएको हो ।

सभाको नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष बिष्णु तिवारीले  उद्घाटन गरेका हुन् ।  सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका तिवारीले नेपाल डिजिटलाईजेशनमा अगाडि बढेका कारण मुद्रण व्यवसाय कमजोर भई व्यवसाय नै ह्रास हुुन पुुगेको बताए । उनले नेपाली मुद्रण उद्योगलाई नीति गत रुपमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । अध्यक्ष तिवारीले भने ‘अब मुद्रण व्यवसायी आधुनिक प्रविधिमैत्री हुनुपर्ने बेला आएको छ, हामी प्रविधिमैत्री बन्न सकेनौ भने हाम्रो व्यवसाय समेत धरापमा छ ।’ महासंघका केन्द्रीय उपाध्यक्ष मीना ढकालले सरकारी मुद्रणका काम छिमेकी देशमा जानबाट रोक्न नीतिगत रुपमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिन् । महासंघका संस्थापक सचिव तथा महासंघ केन्द्रका सल्लाहकार खेम प्रसाद लुईटेलले मुद्रण व्यवसायी आफ्नो व्यवसायमा इमानदारीताका साथ लाग्नुपर्ने भन्दै छपाई दर रेटमा एक रुपता हुनुपर्नेमा जोड दिए ।

423904005_777493254248035_3892514362995792399_n1708166538.jpg

427067457_963345125405937_1360908849244649283_n1708166575.jpg

महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीले प्रदेश भित्रका सबै मुद्रण व्यवसायी एक जुट भएर अगाडि बढ्नुुको विकल्प नरहेको बताए ।  उनले प्रदेश भित्रका सबै जिल्ला संघहरुलाई प्रविधिमैत्री बनाउन तीनै तहका सरकार र महासंघ अगाडि बढ्ने धारणा व्यक्त गरे ।

423903814_1131423621368174_1985769572259906919_n1708166564.jpg

सभामा महासंघ लुम्बिनी प्रदेशका सदस्य जगदीश भट्टराई, रोल्पाका मानसिंह विश्वकर्मा, बर्दियाका सन्तोष भट्टराई, दाङका दीपक आचार्य, कपिलवस्तुका गोमान पाण्डे, प्युठानका लक्ष्मी न्यौपाने, बाँकेका विनोद पौडेल, रुपन्देहीका पशुपति पौड्याल लगायतले मुद्रण क्षेत्रमा देखिएका समस्या र समाधानका उपायका विषयमा आ –आफ्ना धारणा राखेका थिए ।  महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता, उपाध्यक्ष घनश्याम घिमिरेको स्वागत, सचिव सिएम उपाध्यायको सञ्चालनमा  उद्घाटन शत्र कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update