Shittalpati
 तानसेनमा मुद्रण उद्योगीहरुको कार्यशाला 

तानसेन, मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमा भएको छ । मुद्रण उद्योग संघ रुपन्देहीको आयोजनामा दुई दिने कार्यशाला तथा संघको भावी रणनैतिक कार्य योजना सम्बन्धी गोष्ठी भएको हो ।

संघका पदाधिकारीहरुका लागि गोष्ठी आयोजना गरिएको संघले जनाएको  छ । गोष्ठी शुक्रबार र शनिबार दुई दिनसम्म चलेको हो । कार्यशालाको नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु तिवारीले उद्घाटन गरेका हुन् । गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष तिवारीले मुद्रण व्यवसायलाई समयानुसार स्तरयुक्त बनाउँदै लैजानु पर्ने बताएका छन् । उनले अहिले आधुनिक प्रविधिको युुग भएकाले मुद्रण व्यवसायलाई पनि सहि अनुसार स्तरयुक्त बनाएर लैजानुअहिलेको आवश्यकता रहेको औल्याए । प्रमुख अतिथि समेत रहेका तिवारीले सरकारलाई मुद्र व्यवसाय लक्षित बन्ने कानूनहरु समेत समय अनुकुल बनाउन दवाब दिनुपर्नेमा जोड दिए । उनले  भने ‘मुद्रण व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई व्यवस्थित बनाएर लैजान कानून समेत सोही अनुसार बनाउन जरुरी छ । त्यसका लागि संघले सरकारलाई घच्घच्याउनु पर्दछ ।’ 

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसीले हाल मुलकको आर्थिक तरलताका कारण मुद्रण व्यवसायमा समेत समस्याहरु देखिएको बताए । महासंघका सल्लाकार खेमप्रसाद लुईटेलले सरकारको आर्थिक र भन्सार नीतिमा देखिएका कतिपय अस्पष्टताका कारण पनि मुद्रण व्यवसायी समस्यामा परेको धारणा व्यक्त गरे । महासंघका केन्द्रीय सदस्य कृष्ण पराजुलीले नेपालमा कागज र मुद्रणका सामानहरुको आयातमा अनावश्यक कानूनी झण्झट भएका कारण समस्या भएको बताए । मुद्रण उद्योग संघ लुम्बिनीका अध्यक्ष घनश्याम घिमिरेले सरकारी काममा कमिसनको खेलका कारण मोफसलका कामहरु बाहिर जाँदा व्यवसायीहरु मर्कामा परेको धारणा राखे । प्राध्यापक दीपक ढुंगानाले प्रविधिको विकाससँगै समय सापेक्ष र समय अनुकुलका व्यवसायिक योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । 

संघका प्रेस सल्लाहकार सुमन अधिकारीले कार्यशाला सहजिकरणको भूूमिका निर्वाह गरेका थिए । कार्यक्रममा मुद्रण उद्योग संघ रुपन्देही कार्य समिति, प्रदेश समिति र केन्द्रीय पदाधिकारीसहित २२ जनाको सहभागीता रहेको थियो । दुई दिने गोष्ठीले आगामी दुई वर्षको व्यसायिक र रणनीतिक योजना निर्माण गरेको छ । .संघका रुपन्देही अध्यक्ष पशुपति पौडेलको अध्यक्षता, उपाध्यक्ष सागर पाठकको संयोजन सचिव राजु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update