Shittalpati
तानसेन महोत्सवमा विभिन्न विद्याहरुमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत

पाल्पा, तानसेनको टुँडिखेलमा जारी प्रथम तानसेन महोत्सवमा स्थानीय कला संस्कृति तथा कृषि प्रदर्शनी लगायत विभिन्न विद्यामा उत्कृष्ट भएका व्यक्ति/संघ संस्था तथा विद्यालयहरुलाई प्रमाणपत्र सहित नगद रकमबाट पुरस्कृत गरिएको छ । तानसेन नगरपालिकाको मुुख्य आयोजनामा कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार तानसेन महोत्सव २०८० भन्ने मुल नाराका साथ फागुन १९ गतेदेखी सञ्चालन गरिएको महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई पुरस्कृत गरिएको हो ।

 कृषि प्रदर्शनीतर्फ तानसेन नगरपालिका –८ को आशिष एकिकृत कृषि फर्मका सञ्चालक दुर्गाबहादुर खाण ठकुरीको १६० किलोको बोकाले प्रथम पुरस्कार हासिल गरी नगद २५ हजार पाएको छ । यसैगरी कृषि प्रदर्शनीमा सोही स्थानकै सुन्तला प्रदर्शनीबाट लुकराज भट्टराई द्धितिय भएका छन् । भट्टराईले द्धितिय पुरस्कारको रुपमा नगद १५ हजार रुपैयाँ पाएका छन् । यसैगरी अदुवा प्रदर्शनीमा तानसेन नगरपालिका वडा नंं १० का हुमी राना र कमला तिमिल्सीना तृतिय भएका छन् । दुबैजनालाई नगद पाँच/पाँच हजार  पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी स्थानीय कला संस्कृतितर्फ एकल लोकगीत प्रतियोगितामा चितवन भरतपुरका सन्देश चापागाई प्रथम भई नगद २५ हजार पुरस्कार पाएका छन् भने स्याङ्जाका आशिष परियार द्धितिय भई नगद १५ हजार पुरस्कार पाएका छन् । तृतियमा रैनादेवी छहरा गाउँपालिकाका राजन थापा क्षेत्रीले नगद १० हजार पुरस्कार पाएको नगर उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले बताईन् ।  यसैगरी प्रथम तानसेन महोत्सवमा स्थानीय लोकभजन प्रतियोगितामा आरती भजन समुह तानसेन प्रथम, शिवगण भजन तानसेन–९ द्धितिय, नागेश्र भजन समुह बगनासकाली ३ तृतिय र राष्ट्रिय भजन प्रतिष्ठान सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना भएका भजन टोलीलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरेको तानसेन नगरपालिकाका प्रवक्त यादव सिंह कार्कीले बताए ।

यसैगरी विद्यालयस्तरीय नृत्य प्रतियोगितामा सरस्वती मावि तानसेन –७ प्रभास प्रथम भई नगद २५ हजार पुरस्कार पाएको छ । बेथल इङ्लिस बोडिङ स्कुल तानसेन –२ मेहलधारा द्धितिय भई नगद १५ हजार र दमकडा मावि तानसेन –९ दमकडा तृत्तिय भई १० हजार पुरस्कार हात पारेका छन् ।

यसैगरी वक्तित्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालयत तानसेन–३ प्रथम, शारदा मावि तानपा–८ मदनपोखरा द्धितिय बेथेल इङ्लिस बोडिङ स्कुल तानसेन–२ मेहलधारा तृत्तिय र सेन्ट कपितानियो स्कुल तानसेन–३ सान्तवना भएका छन् । वक्तित्वकला प्रतियोगितामा प्रथम, द्धितिय, तृत्तिय र सान्त्वना हुनेले क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार पुरस्कार हात पारेका छन् । स्थानीय सरकारले गरेको महोत्सवमा तानसेनको कृषि उत्पादन, कला संस्कृति, बालबालिकाहरु बिच एक आपसमा वादविवाद तथा बहस गराएर प्रखरवक्ताको रुपमा विकास गर्ने, बालबालिकाहरुको प्रतिभा बाहिर ल्याउन नृत्य प्रतियोगिता गरिएको प्रवक्ता कार्कीले बताए । फागुन १९ गते देखी सञ्चालन भएको महोत्सव भोलि सकिदै छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update