Shittalpati
सुनको भाउ बढेको बढ्यै

पाल्पा, पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । स्थानीय बजारमा सुनको मूल्य बढेर आइतबार नयाँ रेकर्ड बनाएको छ । सो दिन छापावाल सुनको मूल्य प्रतितोला  १ लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार  तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ७५ तोकिएको महासंघले जनाएको छ । यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजार रुपैयाँको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्मआएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै हालसम्मकै उच्च बनेको हो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update