Shittalpati
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा
जिल्ला सहकारी संघ पाल्पाले मनायो १० औं साधारण सभा जिल्ला सहकारी संघ पाल्पाले १० औं वार्षिक साधारण सभा मनाएको छ । संघले बुधबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई
कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड वल्र्डलिङ्कलाई यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिङ्कले प्राप्त गरेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको अवार्ड वल्र्डलिङ्क प्राप्त गरेको हो ।
उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी
उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग बन्द समेत भएका थिए । कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय अझै पनि पुरानै लयमा फर्कन सकेका छैनन् ।
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ । आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्य बढेको निगमले जनाएको छ ।
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति
ग्लोबल र बैंक अफ काठमाण्डूलाई मर्जरको स्वीकृति ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो ।
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले आइताबारदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो ...
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग
भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ ।
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य आनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सर्जुलाल बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको सहकारीको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले बज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीमा लामो समय कूूशल नेतृत्व प्रदान गर्दै आएका बज्राचार्य आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका...
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड पाल्पाको ऐतिहासिक धार्मिक स्थल भैरवस्थान मन्दिरमा माछापुुछ्रे बैंक पाल्पा शाखाले क्यूआर कोड सञ्चालनमा ल्याइएको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले भैरवनाथ मन्दिर व्यवस्थापन समितिको समन्वयमा मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
पाल्पाका उद्योगी–व्यवसायी आन्दोलनमा, थाले हस्ताक्षर संकलन गर्न
पाल्पाका उद्योगी–व्यवसायी आन्दोलनमा, थाले हस्ताक्षर संकलन गर्न राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि चर्को ब्याजदरको विरुद्धमा उद्योगी–व्यवसायीहरुले आन्दोलन थालेका छन् ।
‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने
‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । चौतर्फी रुपमा उक्त निर्णयको विरोध भएपछि सरकारले तत्कालका लागि एमडिएमएस लागू नगर्ने भएको हो ।
Weather Update