Shittalpati
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

पाल्पा,स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाले घटेको छ । आइतबार तोलामा ४ सय रुपैयाँ घटेको सुन सोमबार थप ५ सय रुपैयाँ घटेको हो ।
 आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा सोमबार १ लाख २४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै,तेजाबी सुनको मूल्य आइतबार एक लाख २४ हजार चार सय कायम भएकोमा सोमबार भने तोलामा पाँच सयले घटेर एक लाख २३ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

उच्च रेकर्ड बनाएपछि सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । ७ दिनमा तोलामा १५ सय रुपैयाँले मूल्य घटेको छ । गत सोमबार र मंगलबार तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च मूल्य रेकर्ड बनेको थियो । त्यसयता मूल्य क्रमिक रुपमा झरेको छ । 

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी सोमबार भने प्रतितोला एक हजार तीन सय तीन रुपैयाँ निर्धारण भएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update