Shittalpati
रामपुर बजार अनुगमन :  म्याद नाघेका खाद्यवस्तुु नष्ट

पाल्पा,  जिल्लाको रामपुर नगरपालिकामा बजार क्षेत्रका पसलहरुको अनुगमन  गरिएको छ । रामपुर नगर सरकारले उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दैै बजार अनुगमन गरेको हो ।

नगरपालिकाले रजघरा, सदावर्त,मटेरी,बाङ्गेपसल, बेझाँड बजार क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको छ । अनुुगमन टोलीले खाद्य तथा किराना पसल ,स्वास्थ्य क्लिनिक ,मासु पसल, कस्मेटिक तथा फेन्सी पसल गरी ४६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका विस्कुट, चकलेट, चाउचाउ, पेयपदार्थ, झिनिया ,सुर्तिजन्य पदार्थ , पाउरोटी ,तेल , सुजी,औषधी बरामद गरी नष्ट  गरिएको छ । ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।

ठूला डिलरले म्याद  गुु्रजेका र गुुज्रने मिति पुगेका सामग्री पठाउने हुँदा रामपुुरका बजारमा म्याद नाघेका सामग्री खुलेयाम बिक्री भइरहेको पाइएको छ । यस्तै अनुगमनका क्रममा मूल्य सुची नराखेको, दर्ता नविकरण तथा सुचिकृत नगरेको , लेबलिङ नभएका सामग्री विक्रीका लागि राखिएको भेटिएको छ । नियमसंगत ढंगबाट व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको र पटक पटक अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए । नगरवासी उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा उपप्रमुख बाल कुमारी थापाले बताइन् । साथै उनले उपभोक्ताको स्वास्थ्य र गुणस्तरीय तथा खाद्य बस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरी पसल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गरेकी छन् ।

बजार अनुगमनमा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवाली , घरेलु तथा साना उद्योग कार्यालय पाल्पा , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठ , करदाता सेवा कार्यालय पाल्पाका योगमाया न्यौपाने , रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल सहित प्रहरी र पत्रकारहरुको  सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update