Shittalpati
ग्लोबल बैंकले भन्यो ‘अनधिकृत फोनलाई वास्ता नगर्नु’

पाल्पा, ग्लोबल आईएमई बैंक लिमिटेड पाल्पा शाखाले अनधिकृत फोनलाई वास्ता नगर्न सम्पूर्ण ग्राहक वर्गमा अनुुरोध गरेको छ । पछिल्लो समय विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठग्ने प्रयास गरेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै बैंकले अनधिकृत फोनलाई वास्ता नगर्न सबैमा आग्रह गरेको हो ।

बैंकले सार्वजनिक सूूचना नै जारी गर्दै त्यसतर्फ सचेत रहन ग्राहकलाई भनेको छ । उसले केही दिन यता पाल्पा क्षेत्रमा बैंकका ग्राहक महानुभावहरुलाई केवाइसी अद्यावधिक गर्न बैंकबाट हो भन्दै अनाधिकृत फोन नं. ९७४६६४२४०८ बाट फोन आएको भन्ने जानकारी प्राप्त भएकाले त्यो फोन बैंकको नभएको ग्राहक वर्गमा स्पष्ट पारेको छ ।

बैंकका शाखा प्रवन्धक वीरबहादुर सारुले पछिल्ला केही दिन यता अनाधिकृत व्यक्तिले ग्राहकलाई फोन गरी केवाइसी अद्यावधिक गर्न बैंकबाट लगाएको भन्ने कुरा आएकाले त्यो बैंकको आधिकारीक फोन नभएको बताए । उनले भने ‘कोही कसैलाई यसरी फोन नंम्बरबाट फोन आएमा आफ्नो कुनै किसिमको व्यक्तिगत विवरण त्यस्ता अनाधिकृत व्यक्तिलाई नदिनु हुन र आफ्नो फोनमा आएको ओटीपी नंम्बर कहिल्यै कसैलाई नभन्न/नदिनु हुन हामीले ग्राहकहरुलाई जानकारी गराएका छौं ।’ कुनै पनि बैंकले यसरी कोही कसैसँग ओटीपी नंम्बर नमाग्ने उनले बताए । प्रवन्धक सारुले आ–आफ्नो फोन सेटमा ९७४६६४२४०८ लाई ब्लक गरी स्वतः सुरक्षित हुन समेत आग्रह गरे । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update