Shittalpati
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाल्पा,  स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६ सयका दरले बढेको छ ।

स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला दुई हजार ६ सयका दरले वृद्धि भएको हो । बुधबार प्रति तोला सुन  एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । महासंघका अनुसार सुनको मूूल्य वृद्धि भएसँगै छापावाल सुनको मूल्य  प्रति तोला  एक लाख २७ हजार आठ सय तोकिएको छ ।

यस्तै तेजाबी सुन बुधबार प्रति तोला एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । विहीबार भने तेजाबी सुनको मूल्य  एक लाख २७ हजार दुई सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य प्रति तोलामा ३५ ले वृद्धि भएको छ । बुधबार प्रति तोला एक हजार पाँच सय २० मा कारोबार भएको चाँदीको मूल्य एक हजार पाँच सय ५५ निर्धारण गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update